default_image

7 years ago

February 2, 2018

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना फाइनल नजिक

69 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

दोस्रो हाफको ६७ अौं मिनेटमा लुइस सुअारेजले गरेको गोल निर्णायक सावित भयो । उनले लियोनेल मेसीको क्रसलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसअघि दुवै तर्फबाट पहिलो हाफमा गोलको अवसर सिर्जना भएपनि नतिजा भने सफल निस्कन सकेन ।

सुअारेजले इनियस्टाको बल अनाकर्षक रहेको अवस्थामा भेट्न नसक्दा बार्साका गोलरक्षक स्टेगनले अन्त्यतिर राम्रो बचाउ गरे । दोस्रो हाफमा थप अाक्रमक रहेको बार्साले अन्य धेरै अवसर गुमायो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका कोउटिन्होले फेरि एकपटक अौसत प्रदर्शन गरे ।

मंगलबार खेलिएको सेमिफाइनलमा सेभिल्ला र लेगानेस १-१ को बरारबराब रोकिए । पाहुना टोली सेभिल्लाले २१ अौं मिनेटमा लुइस मुरियलको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको १० मिनेट नबित्दै लेगानेसका डिमिट्रिस सिअोभासले बराबरी गोल फर्काए ।

दोस्रो लेगका खेलहरू अर्को साता खेलिनेछ । सिजनभर एक हार बेहोरेको बार्सिलोना लगातार चौथो पटक कोपा डेल रे जितेर किर्तिमान बराबर गर्ने दाउमा छ ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.