7 years ago
February 1, 2018
अर्जुन कार्की
बागलुङ – गोरखा नगरपालिका र व्यास नगरपालिका, तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाइनलमा प्रवेश गरेको हो । गोरखाले नवौं मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिए पनि देवचुलीका सुमन आलेले २५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका सुदिप बस्नेतले ३३ औं मिनेटमा गोल गर्दै गोरखालाई अग्रता दिलाएका थिए । उनी खेलको ‘म्यान अफ द म्याच’ पनि घोषित भएका थिए ।
पहिलो हाफमा १ गोलको अग्रता लिएको गोरखाका लागि दोस्रो हाफमा सरोज श्रेष्ठले ७२ औं मिनेटमा गोल गर्दै जित निश्चित गरेका थिए । यस्तै आजै भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक बागलुङ नगरपालिकालाई ४–२ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा आक्रमक खेल प्रस्तुत गरेको व्यासका लागि खेलको नवौं मिनेटमा अञ्जान प्रधानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेको २ मिनेटमै फेरी अर्को गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । खेलको २८ मिनेटमा अजय श्रेष्ठले गोल गर्दै व्यासलाई पहिलो हाफमा ३ गोलको अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको आयोजक बागलुङले ५० औं मिनेटमा प्रमल थापाको गोलले अन्तर घटाएको थियो । खेलको ५० औं मिनेटमा व्यासको लागि आदर्श चन्दले गोल गर्दै टिमलाई पुनः ३ गोलकै अन्तर दिलाएका थिए । अन्तिम गोल ५८ औं मिनेटमा बागलुङ प्रमल थापाले ‘वान भर्सेज वान’मा गोल गरे पनि हारबाट टिमलाई जोगाउन भने सकेनन् ।
यस्तै बिहीबार नै हुने भनिएको बेनी नगरपालिका म्याग्दी विरुद्ध गैडाकोट नगरपालिका नवलपुरको खेलमा गैडाकोट उपस्थित नभएपछि बेनी विजयी भएको आयोजकले जनाएको छ ।
नकआउटका आधारमा जारी प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार पहिलो खेल पोखरा लेखनाथ महानगरपालिका विरुद्ध कुश्मा नगरपालिका पर्वत र दोस्रो खेल वालिङ नगरपालिका स्याङजा विरुद्ध बेनी नगरपालिका म्याग्दीका बीच हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।
मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]
February 6, 2025
हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]