default_image

7 years ago

February 1, 2018

धरानका व्यवस्थापक रेफ्रीको निर्णय प्रति असन्तुष्ट

58 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) –  पोखरामा जारी १६ औं आहा-रारा गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरियो । खेलको २३ औं मिनेटमा पेनाल्टीमा पुलिसका सुमन लामाले गरेको गोल धरानको हारको कारण बन्यो ।

उक्त पेनाल्टीमा रेफ्रीको निर्णय प्रति असन्तुष्ट धरानका कप्तान विष्णु सुनार आक्रोषित हुँदै आफ्ना किपरलाई खेल छाड्न निर्देशन दिएपछि खेल केही बेर रोकियो । खेलपछि धरानका व्यवस्थापक अशोक राईले रेफ्रीको निर्णयप्रति असन्तुष्टी व्यक्त गरे  ।

भिडियोमा दुवै प्रशिक्षकको भनाइ हेर्नुहोस :

धरानका व्यवस्थापक अशोक राई

पुलिसका प्रशिक्षक अनन्त थापा

January 16, 2025

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्‍वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

Success

Thank you for your time.