default_image

9 years ago

January 6, 2016

किरण मनाङ्गबाट खेल्ने

155 views

0 Bookmark

राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ्ग मनाङ मर्स्याङ्गदि क्लबबाट खेल्ने पक्का भएको छ  ।

Kiran

करिव एक दशकदेखि थ्री स्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका किरणको राष्ट्रिय लिगपश्चात अनुबन्धन सकिएको थियो ।

राष्ट्रिय लिगको उपाधि उठाउँदा किरणनै टोलीका कप्तान रहेका थिए । यसअघि मच्छिन्द्रबाट पनि खेलिसकेका किरणको यो तेश्रो ए डिभिजन क्लब हो ।

किरणको अनुबन्धनसंगै मनाङ्गको गोलरक्षणको समस्यामा सुधार आउने अपेक्षा गरिएको छ ।

गत सिजन पनि गोलरक्षक विशाल श्रेष्ठ चोटका कारण खेल्न नसक्ने भएपछि दिपेश यादवले गोलरक्षणको जिम्मा सम्हालेका थिए ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा समेत परेका विशालको भविष्य भने अन्यौलमा छ| उनले थ्रिस्टार क्लबमा जाने सम्भावना पनि उत्तिकै छ ।

 

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.