default_image

7 years ago

January 31, 2018

थ्री स्टारले बंगलादेशी टोली बरिधाराको सामना गर्दै

74 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) –  १६ औं आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै छ । 

tsc vs Bangla

थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो ।

गत महिना धनगढीको खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले अघिल्लो साता इटहरीको मदन भण्डारी स्मृती गोल्ड कपको फाइनलमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । खप्तड गोल्ड कपको च्याम्पियन थ्री स्टारले आहाको पहिलो खेलमा भने एपिएफ विरुद्ध नियमित र अतिरिक्त समयमा गोल गर्न नसकेपछि पेनाल्टीमा निर्भर रहेको थियो ।

वोर्क पर्मिट नविकरण समयमा नभएकाले विदेशी खेलाडी खेलाउन नपाएको थ्री स्टारका प्रशिक्षक मेघराज केसी यस खेलमा भने समयमै कागज पत्र जुटाउनेमा आशावादी छन् । मंगलबार सार्वजनिक विदा भएकोले बुधबार खेल अघि खेलाडीहरुको नविकरण पुरा गर्न क्लबको व्यवस्थापन लागि परेको जानकारी उनले दिए ।

उता बंगलादेशी क्लबले भने यस खेलमा आफ्ना दुई विदेशी खेलाडी खेलाउन पाउने छैन । सुदुरपश्चिमसँग २-१ को जितमा रातो कार्ड पाएका सिला सोनलेमाने र कान्डे लान्सेन यस खेलमा उपलब्ध हुने छैनन् ।

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

February 6, 2025

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]

Success

Thank you for your time.