default_image

7 years ago

January 30, 2018

विदा माग्न कौटिन्हो लिभरपूल पुगे

51 views

0 Bookmark

लण्डन (एजेन्सी)- लिभरपुलबाट यसै स्तान्तरण सत्रमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्हो फेरि एकपटक लिभरपूलको अभ्यास मैदान मेलउड फर्किएका छन्। तर यो पल्ट उनि अभ्यास गर्न हैन संगै खेलेका साथीहरु सँग बिदा माग्न पुन: एक पटक मेलउड पुगेका हुन्।

यस महिनाको सुरुआतमै १४५ मिलियन पाउण्डमा बार्सिलोना पुगेका कौटिन्होलाई सबैभन्दा पहिले एडम लालानाले स्वागत गरेका थिए। कौटिन्होको बिदाईको फोटो सामाजिक संजालमा हाल्दै उनका पुराना टिममेट साथीहरुले उज्वल भबिष्यको कामना गरेका छन्।

लालाना लेख्छन्,’ उनि हामीलाई बाई भन्न आएका छन्, छोटो कदका खेलाडीबाट उच्च स्तरीय कार्य।’ त्यस्तै  मोरेनो लेख्छन,’ फेरी भेट्न पाउँदा खुसी लागेको छ, फर्किएकोमा धन्यवाद र उज्वल भविष्यको कामना।’

आइतबार भएको आल्भेस बिरुद्धको खेलमा कौटिन्होले पहिलोपटक सुरुआत गर्दै बार्सालाई २-१ ले जित्न मदत गरेका थिए। उक्त खेलमा उनी ६६ औँ मीनेटमा सब्स्टीट्युट भएका थिए ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.