default_image

7 years ago

January 30, 2018

बार्साका खेलाडी प्रिमियर लिगमा अाए

54 views

0 Bookmark

लन्डन (एजेन्सी) – स्पेनिस महारथि टोली बार्सिलोनाबाट खेल्दै अाएका मिडफिल्डर प्रिमियर लिग क्लब वाटफर्ड अाउने भएका छन् । सिजनको सुरुवातमा बार्सिलोनाको पहिलो रोजाइमा खेल्दै अाएपनि लगातार राम्रो प्रदर्शन गर्न नसक्दा क्लबले जेरार्ड डेउलोफेउ लोनमा पठाएको छ ।

बार्सिलोनाले अोस्मान डेम्बेले ल्याएपछि सिमित अवसर पाएका जेरार्ड यसअघि पनि प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले बार्साबाट यस सिजन ५ खेल सुरुवात गरेका थिए । वाटफर्डले उनको तलबसँगै प्रदर्शनका अाधारमा १ मिलियन युरोसम्म बार्सिलोनालाई तिर्नेछ ।

वाटफर्डका नवनियुक्त प्रशिक्षक जाभी गार्सियाले जेरार्डलाई ल्याउने निर्णय गरेका हुन् । जेरार्ड यसअघि सेभिल्लामा पनि एक सिजन खेलिसकेका छन् । उनले गत सिजन केही महिना इटालीको एसी मिलान बाट पनि खेलेका थिए ।

कोउटिन्होको अागमनसँगै जेरार्डले खेल्ने सम्भावना निकै कम भएपछि क्लबले उनलाई लोनमा पठाएको हो । वाटफर्डले सिजनको अन्त्यपछि उनलाई बार्सामै फिर्ता गर्नुपर्ने छ ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.