7 years ago
January 28, 2018
अर्जुन कार्की
बागलुङ– सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि आइतबार सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि तथा प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको छ । ट्रफि र नगरपालिकाको जर्सि नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक गरे ।
प्रदेश नम्बर ४ का ११ नगरपालिकाले सहभागिता जनाउने प्रतियोगिताको उद्घाटन खेल माघ १६ गते बागलुङ र पालुङटार नगरपालिकाबीच हुने बताइएइको छ । माघ २१ गतेसम्म संचालन हुने प्रतियोगितामा वालिङ नगरपालिका स्याङजा, व्यास नगरपालिका तनहुँ, पोखरा लेखनाथ महानगरपालिका कास्की, बेनी नगरपालिका म्याग्दी, कुश्मा नगरपालिका पर्वतको सहभागिता रहने छ ।
त्यस्तै गोरखा नगरपालिका गोरखा, पालुङटार नगरपालिका गोरखा, देपचुली नगरपालिका नवलपुर, गैडाकोट नगरपालिका नवलपुर, गल्कोट नगरपालिका बागलुङ र बागलुङ नगरपालिका बागलुङले सहभागिता जनाउने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।
नगरप्रमुख पौडेलले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि सम्पूर्ण बागलुङबासीहरुलाई अनुरोध गरे । उनले जिल्लाको खेलकुद क्षेत्र र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्नको लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
नगरप्रमुख पौडेलले माघ १६ गते सहिद दिवसको दिन बाजागाजा र झाँकी सहित बजार परिक्रममा गरी सहिद दिवस मनाउने र प्रतियोगिताको उद्घाटन गरिने भएकाले सम्पूर्ण नगरबासीहरुलाई ¥यालीमा भाग लिन आग्रह गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाए । उनले प्रतियोगिताको लागि खेलमैदान मर्मत, दर्शकको लागि प्याराफिट निर्माण लगायतका सम्पूर्ण काम पुरा भएको बताए ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]