default_image

7 years ago

January 28, 2018

‘म रियल म्याड्रिडमा नै बस्न चाहन्छु’ – रोनाल्डो

73 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोको क्लब छोड्ने हल्ला केहि समययता निकै चर्चामा रहेको छ । त्यस हल्ला माझ रोनाल्डोले आफ्नो प्रतिक्रिया पनि दिएका छन् ।

रोनाल्डोले आफू रियल म्याड्रिडमा खुसी रहेकाले क्लबमै बस्ने जनाएका छन् । यस सिजन राम्रो लयमा नरहेका रोनाल्डोले अर्को सिजनका लागि म्यानचेस्टर युनाइटेड जान सक्ने विभिन्न समाचारमा बताइएको थियो ।

रोनाल्डोको रियलसँग सम्झौता २०२१ सम्म रहेको छ । क्लबले नयाँ सम्झौताको विषयमा सल्लाह नगरे पनि रोनाल्डोले आफू रियलमै बस्न तयार रहेको बताएका छन् ।

“म यहिं बस्न चाहन्छु । मलाई यो शहर मन पर्छ र यो क्लबप्रति मेरो लगाव छ । पोर्चुगल पनि यहाँबाट जान-आउन सजिलो छ ,” रोनाल्डोले हालै जनाएका थिए ।

खेल जीवनपछि उनको योजनाको बारेमा सोध्दा उनले भने, “म ४१ वर्षको उमेरमा अवकाश लिन चाहन्छु तर त्यो अहिलेको समयमा अलि गाह्रो हुन सक्छ । प्रशिक्षक हुने कुरा चाहिं मैले अहिलेसम्म सोचेको छैन ।”

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.