default_image

7 years ago

January 27, 2018

इटहरी गोल्ड कपको फाइनलमा रुस्लान थ्री स्टारको अग्रता

72 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ ।

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी विरुद्धको फाइनलमा बुद्ध चेम्जोङको खेलमा थ्री स्टारले अग्रता लिएको हो । इटहरी रंगशालामा बुद्धले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले दोस्रो सहभागितामा उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिमाञ्चल गोल्ड कपमा टोली क्वार्टरफाइनलबाट बाहिरिएको थियो । मनाङको हकमा भने यो वर्षको पाँचौं फाइनल हो । टोलीले २ उपाधि जित्दा दुईमा उपविजेता बनेको थियो ।

January 21, 2025

अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]

January 21, 2025

चेल्सी चौथो स्थानमा उक्लियो

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं‌ मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]

January 20, 2025

एपिएफसँग पुलिस फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ २-० ले हराएको छ। एपिएफका लागि रश्मि‌कुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]

Success

Thank you for your time.