7 years ago
January 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लब बंगलादेशी क्लब उत्तर बरिन्धारासँग २-१ ले पराजित भएको छ ।
१८ औं मिनेटमा रेफ्री श्रवन लामाले चोट बोकेपछि उनको स्थानमा खेल सम्हालेका रेफ्री सुदिसले बरिन्धाराका दुई खेलाडीलाई एक पछि अर्को गर्दै रातो कार्ड देखाएपछि खेल तनाब ग्रस्त भएको थियो । खेल अवधि भर उनले बरिन्धारालाई कुल ६ पहेलो र २ रातो कार्ड र सुदुरलाई २ पहेलो कार्ड देखाए ।
काउन्टर एट्याकमा व्यस्त देखिएको सुदुरपश्चिमले २१ औं मिनेटमा कर्नरमार्फत गोल गर्ने अवसर गुमायो । कमल थापाले प्रहार गरेको कर्नरमा सुदुरका कप्तान चेतन थारुले फ्लिक गर्दै मिलाएको बलमा राकेश हमालको हेडर नजिकबाट बाहिरियो ।
बरिन्धाराले ३५ औं मिनेटमा अर्को गोल गर्ने अवसर खेर फाल्यो । रुसलले करिब २० यार्डबाट पाएको फ्री किक वालमा सोझै लागेपछि पाएको रिबाउन्ड अन्मार्क रहेका जिन्तु मोहोम्मदले सोझै किपरको हातमा प्रहार गरे ।
५८ औं मिनेटमा मणिरामले बक्सबाट राम्रो प्रहार गरेपनि बरिन्धाराका किपरले उनको प्रहार विफल पारे । बरिन्धाराले ७४ औं मिनेटमा मिडो मासाको गोलमा अग्रता लियो । ७८ औं मिनेटमा सुदुरका धिरज गुरुङले पेनाल्टीको सदुपयोग गर्न सकेनन् । जिन्तुले आफ्नै बक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई धिरजले सोजे बंगलादेशी किपरको हातमा प्रहार गरे ।
बरिन्धाराका लागि स्याला सोन्लेमानेले ८३ औं मिनेटमा अग्रता दोब्बर गरेका थिए । ८८ औं मिनेटमा सुदुरका विनोद केसीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । खेलको अन्तिम समयमा आक्रोशित बरिन्धाराका खेलाडीहरु विरुद्ध रेफ्री सुदीस पान्डेले कारबाही गरेपछि खेल केहीबेर प्रवाभित भयो ।
९ खेलाडीमा सिमित बरिन्धारालाई अतिरिक्त समयको केही बेर सुदुरले दबाबमा राखेपनि गोल गर्न नसकेपछी खेल बरिन्धाराले आफ्नो पक्ष्यमा पार्यो । भोलि को दोस्रो क्वाटर फाइनल खेलमा नेपाल आर्मीले घरान फुटबल क्लबको सामना गर्ने छ ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]