default_image

7 years ago

January 27, 2018

किरणले मिनरेभाबाट डेब्यु गर्दै

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्नो नयाँ क्लब मिनरेभा पन्जाबबाट आज डेब्यु गर्ने भएका छन् । 

 

 

किरणको टोलीले आई-लिग अन्तर्गत शनिबार नेरोका एफसीको सामना गर्दैछ । खेल नेरोकाको घरेलु मैदानमा नेपाली समयानुसार दिउँसो २:१५ बजे हुँदैछ। किरण खेलको लागि पहिलो रोजाइमा परेका छन् ।

नेरोका आईलिगको दोस्रो स्थानमा छ भने किरणको टोली शीर्षस्थानमा छ । दुई खेल कम खेलेको पन्जाब १ अंकले अगाडी छ । लिगको ९ खेल बाँकी रहेको अवस्थामा आजको खेलमा जित हासिल गरे किरणको टोलीले शीर्षस्थानमा बलियो पकड बनाउने छ ।

खेल स्टार स्पोर्ट्स २ मा प्रत्यक्ष प्रसारण हुनेछ ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.