7 years ago
January 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लबले उत्तर बरिन्धारा क्लबको सामना गर्दैछ ।
प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस
प्रतियोगिताको पहिलो खेलमा आयोजक साहारा क्लब पोखरालाई ३-० ले हराउँदै सुदुरले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने उत्तर बरिन्धाराले भने सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । बरिन्धारा अघिल्लो सिजन बंगलादेशको पहिलो डिभिजनबाट रेलिगेट भएको टोली हो ।
धनगढीको खप्तड गोल्ड कपमा प्रशिक्षक ललित चन्दको प्रशिक्षणमा रहेको सुदुरमा अहिले भने उनको उपस्थिति छैन । आफ्नो प्रतिद्वन्दीको खेल थाहा नभएपनि यो खेल आफ्नो पक्षमा पार्न हर सम्भव प्रयास गर्ने सुदुरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले हाम्रो खेलकुद डटकमलाई बताए । “पहिलो खेलमा रवाफिलो जितसँगै हामी उच्च मनोबलका साथ खेल्नेछौं ” , उनले भने , “हामीले बरिन्धाराको खेल देखेको छैनौ तर हामीले शत प्रतिशत दिएर खेल्नेछौं ।”
इटहरी गोल्ड कपमा केही क्लबहरुको व्यस्तताका काराण हिजो मात्र आहा-रारा गोल्डकपको क्वाटरफाइनल यताको तालिका सार्वजनिक गरिएको हो । खेल पोखरा रंगशालामा २:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]