7 years ago
January 26, 2018
इटहरी (हाम्रो खेलकुद)– मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको शनिबार हुने फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ । जहाँ घरेलु फुटबलमा लामो र सफल इतिहास बोकेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टार पहिलो पटक फाइनल खेल्दैछ । अर्को तिर पछिल्लो दुई वर्षमा मनाङ लगातार उपाधि दाबेदारका रुपमा प्रस्तुत हुँदै आएको छ । गत वर्ष सर्वाधिक ४ वटा नकआउट उपाधि जितेको मनाङले यो वर्ष पनि ४ फाइनल खेल्दा २ उपाधि जितिसकेको छ ।
यो वर्ष मनाङले चितवनमा जेसिज कप र दुहबी गोल्ड कपको उपाधि जितेको थियो । सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनलमा भने मनाङ विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । पुनरागमनपछिको पहिलो प्रतियोगितामा क्वार्टरफाइनल भन्दा अघि बढ्न नसकेको थ्री स्टारले इटहरीमा भने सन्तोषजनक प्रदर्शन गरेको छ ।
धनगढीमा नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनलमा आर्मीसँग पराजित थ्री स्टारले यसपटक त्यहि आर्मीलाई सेमिफाइनलमा आर्मीलाई हराएको थियो । जसले टोलीलाई उपाधिको दाबेदार मान्न सकिन्छ । २०७२ को राष्ट्रिय लिगको च्याम्पियनका हैसियतमा एएफसी कपको पहिलो चरण पार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तिका कारण थ्री स्टारले दोस्रो चरण खेल्न पाएन ।
जसको विरोध स्वरुप थ्री स्टारले ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गर्दै एन्फाले आयोजना गर्ने र स्वकृति प्रतियोगिता नखेल्ने निर्णय गर्यो । जसका कारण टोलीले कुनै पनि घरेलु प्रतियोगिता खेलेन । अन्ततः १ करोड ५० लाख रुपैयाँ क्षेतिपूर्ति दिन एन्फाको विशेष साधारण सभाले निर्णय गरेपछि थ्री स्टार घरेलु फुटबलमा गत महिना फर्केको थियो ।
अर्को तिर वर्षको तेस्रो उपाधि उचाल्ने योजनामा रहेको मनाङका लागि जापानबाट हालै स्वदेश फर्केका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखल बलियो हतियार हुन सक्दछन् । उनले भारतीय क्लबविरुद्धको सेमिफाइनलमा २ गोल गर्दै आफुमा अझै क्षमता रहेको संकेत दिइसकेका छन् ।
सर्वाधिक पुरस्कार राशी १२ लाख रुपैयाँ पुरस्कार राशीको उपाधिका लागि अझै केही घन्टा प्रतिक्षा गर्नुपर्ने भएपनि दुवै टोलीका प्रशिक्षकले भने दाबेदारी प्रस्तुत गरेका छन् ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङले फाइनल खेल्न टोली उत्साहित रहेको बताएका छन् । ‘थ्री स्टार राम्रो टोली हो र उनीहरु बलियो टोली हुन्’, प्रि म्याच कन्फ्रेन्समा आज उनले भने, ‘सन्तोषको उपस्थितिले हामीलाई थप उर्जा दिएको छ । हामीले मेहेनत गरेर खेल्नु पर्दछ र मौकामा गोल गर्नुपर्दछ । सन्तोष जानुअघि थ्री स्टारमा आबद्ध थिए ।’
अर्को तिर थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पनि टोलीका लागि फाइनल महत्वपूर्ण रहेको बताए । ‘हामी डेढ वर्षपछि फुटबलमा फर्केका छौं ‘, उनले भने, ‘त्यसकारण समर्थकलाई खुसी पार्न पनि हामीलाई उपाधिको आवश्यकता छ । फाइनल पक्कै कठिन हुनेछ । तर, उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने हाम्रो योजना छ ।’प्रतियोगिताको उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने सर्वौत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]