7 years ago
January 26, 2018
ललितपुर (हाम्रो खेलकुद) – दोस्रो रुस्लान जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेल युथ क्लबको आयोजनामा जावलाखेल फुटबल मैदानमा हुने प्रतियोगिता फागुन ४ देखि ७ गतेसम्म सञ्चालन हुने भएको छ ।
१६ टोलीको सहभागिता अपेक्षा गरिएको क्लबका सचिव राजकुमार केसीले बताए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद तथा ट्रफी पाउने छन् । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड र फरवार्डलाई जनही ५ हजार तथा उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने छ ।
गत वर्ष प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए । नवलपरासीको अभिषेक चर्चले पोखराको बगरभाई खलकलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]