default_image

7 years ago

January 26, 2018

इस्पानियोलविरुद्ध जितसँगै बार्सिलोना सेमिफाइनलमा

56 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस कपको सेमिफाइनलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे भने नव खेलाडि फिलिप कौटिन्होले बार्सिलोनाको जर्सीमा आफ्नो पहिलो खेल पनि खेले ।

 

बार्सिलोनाले खेलको सुरुवाततिरै दुई गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा स्वारेजले टोलीलाई अग्रता दिलाएका थिए भने २५ औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए जुन क्याम्प नुमा गरिएको ४ हजारौं गोल पनि थियो ।

त्यस्तै दोस्रो हाफमा २२ मिनेट बाकीं हुँदा लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा भित्रिएका कौटिन्हो आन्द्रेस इनिएस्टाको साटो मैदान प्रवेश गरेका थिए । उनले पहिलो खेलमै असिस्ट दर्ता गर्न सक्थे तर उनको पासमा स्वारेजको प्रहार इस्पानियोलका गोलकिपरले राम्रो बचाऊ गरे ।

पहिलो लेग इस्पानियोलले १-० ले जितेको थियो । १ गोल गरेको अवस्थामा इस्पानियोल अवे गोलको आधारमा सेमिफाइनलमा छनोट हुने थियो । तर बार्सिलोनाले आफ्नो डिफेन्सलाई बलियो राख्दै २-० को जितसँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै खेल सुरु हुनुअघि जाभियर मासेरानोले समर्थकहरुसँग विदा पनि लिएका थिए ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.