default_image

7 years ago

January 25, 2018

नवलपरासी एन्फा पदाधिकारीलाई काम नगर्न उच्च अदालतको अन्तरिम आदेश

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को ४५ जिल्ला संघको निर्वाचन सम्पन्न हुँदा केहि जिल्ला भने विवाद मुक्त हुन सकेनन् । भक्तपुर जिल्ला अदालतले त्यहाँको निर्वाचनमा अन्तरिम आदेश जारी गरेको छ । पछिल्लो पटक नवलपरासी जिल्ला फुटबल संघको विषय विवादमा परेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार नवलपरासी जिल्ला फुटबल संघको अध्यक्ष समेत पदाधिकारी एवंम सदस्यको हैसियतमा कुनै कार्य नगर्न नगराउनु अन्तरिम आदेश जारी गरेको छ । केहि दिन अघि एन्फा नवलपरासीको निर्वाचन भएको बताइएको थियो । धनप्रसाद गुरुङले दर्ता गरेको रिट उपर गोकर्ण डाँगीको एकल इजलासले दुवै पक्षलाई छलफल गराउन माघ १८ गते बोलाएको छ ।

मकवानपुर जिल्ला संघको निर्वाचन पनि विवादमा परेको छ । एन्फाले त्यो निर्वाचनलाई मान्न नसक्ने यसअघि नै प्रेस विज्ञप्तीमार्फत जनाइसकेको छ । केन्द्रिय निर्वाचन अघि एन्फाले पुस ५ देखि माघ ५ गते सम्मका लागि जिल्ला निर्वाचनको मिति तय गरेको थियो । चार वर्षका लागि केहि जिल्लाबाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । एन्फाको १७ सदस्यीय केन्द्रिय समितिका लागि चैत १४ गते निर्वाचन तय भएको छ ।

February 6, 2025

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]

February 6, 2025

एनओसी कार्यसमितिबाट अहिलेसम्म ४ जनाको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]

February 6, 2025

एनआरटी एकै दिन दुई वटा गोल्ड कपमा खेल्दै

पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]

Success

Thank you for your time.