default_image

7 years ago

January 24, 2018

बार्सिलोना छाड्दै मासेरानो

33 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनामा सन् २०१० देखि आबद्ध जाभियर मासेरानोले बार्सिलोना छाड्दै छन् । अर्जेन्टिनाका डिफेन्डर मासेरानोले ८ वर्षको अवधिमा बार्सिलोनामा १८ उपाधि पनि जितेका छन् ।

आज मासेरानोका लागि बार्सिलोनाले विशेष बिदाई कार्यक्रमको आयोजना गरेको थियो । बिहिबारको इस्पानियोलसँगको खेलमा मासेरानोले समर्थकहरुसँग पनि बिदा लिने छन् । ३३ वर्षीय मासेरानो चीनियां क्लब हेबाइ चाइना फोर्चुनसँग आबद्ध हुँदैछन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमेउले मासेरानोलाई विदाई कार्यक्रममा उनका १८ उपाधिसहितको तस्बिर उनलाई उपहार दिएका थिए । लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा, सर्जियो बुस्केट्स, जेरार्ड पिके लगायत सबै बार्सिलोनाका खेलाडि कार्यक्रमको हिस्सा थिए ।

मासेरानोले बार्सिलोनाका लागि ३ सय ३४ खेल खेलेका छन् भने एक गोल पनि गरेका छन् । यस सिजन भने उनी बार्सिलोनाको पहिलो रोजाईमा पर्नसकेका छैनन् । २०१८ विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट पनि उनले सन्न्यास लिने घोषणा गरेका छन् ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.