7 years ago
January 24, 2018
पोखरा (हाम्रो खेलकुद)– धरान फुटबल क्लब १६ औं आहा रारा गोल्ड कपको क्वार्टफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज सिक्किम युनाइटेडलाई ३–० ले हराउँदै धरान अन्तिम आठमा पुगेको हो ।
धरानको जितमा रोमन लिम्बु, सौजन लिम्बु र धिरेन लिम्बुले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोमनले ६२ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसको एक मिनेट नवित्दै सौजनले गोल गरे । खेल सकिन १५ मिनेट बाँकी रहँदा धिरेनले गोथ थपे ।
धरानका निशान खेलेको म्यान अफ दी म्याच घोषित भए । पहिलो दिन आयोजक सहारा क्लब पराजित भएको थियो । आयोजकलाई हराउँदै सुदूरपश्चिम ११ स्पोर्टस क्लब क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको थियो । २० गते सम्म चल्ने आहा गोल्डकपको विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]