7 years ago
January 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत पहिल्लो सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् । आर्मीले क्वाटरफाइनलमा भुटानको ड्रुक फुटबल क्लबलाई ५-० को फरकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
केही दिनअघि सुदूरपश्चिम गोल्डकपको उपाधि जित्ने क्रममा आर्मीले उक्त प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टारलाई पराजित गरेको थियो । आर्मीका प्रशिक्षक नविन न्यौपाने टोली निकै राम्रो लयमा रहेकै कारण यस प्रतियोगितामा पनि राम्रो नतिजा ल्याउने प्रयासमा छन् । ‘हामीले थ्रीस्टारलाई सुदूरमा पनि राम्रो खेलेर जित्यौं । टोलीमा चोटको कुनै समस्या छैन । लगातार जितको कारण टोलीको मनोबल उच्च रहेको छ,’ उनले भने । प्रशिक्षक नविनले थ्रीस्टार पछिल्लो खेलको बदला लिने सुरमा भएकाले पनि खेल अझै महत्वपूर्ण र प्रतिस्पर्धात्मक रहने बताए ।
नविन न्यौपानेको आगमनसँगै आर्मीले घरेलु प्रतियोगितामा वर्चस्व कायम गरको छ । आर्मीले जारी सिजनमा ४ प्रतियोगितामाथि कब्जा जमाइसकेको छ । विरगंजको विशाल स्मृति गोल्डकपबाट सुरु भएको विजय यात्रा गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काँकडभित्ता गोल्ड कपसँगै निरन्तरता पाएको थियो । गत साताको खप्तड गोल्डकप आर्मीको चौथो उपाधि हो ।
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]