7 years ago
January 24, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले यसै साता अार्सनलबाट स्टार खेलाडी एलेक्सीस स्यान्चेजेलाई भित्र्यायो । प्रशिक्षक जोसे मोउरिन्होको विशेष अाग्रहकै कारण म्यानचेस्टर सिटी जाने विकल्प भएपनि स्यान्चेज युनाइटेड अाएका हुन् ।
मोउरिन्हो र सिटीका प्रशिक्षक पेप गुअार्डीअोला अाधुनिक फुटबलमा निकै सफलता बटुलेका प्रशिक्षक हुन् । निकै कम खेलाडीले दुवै प्रशिक्षकसँग काम गर्ने मौका पाए । युनाइटेडमा अाबद्ध भएसँगै स्यान्चेज पनि उक्त दुर्लभ सुचिमा सामेल भएका छन् । स्यान्चेज बार्सिलोना छँदा टोलीको प्रशिक्षक पेप गुअार्डीअोला थिए ।
मोउरिन्होले पोर्टो, चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडमा काम गरेका छन् भने पेप बार्सिलोना, बायर्न म्युनिखपछि हाल म्यानचेस्टर सिटीका प्रशिक्षक हुन् ।
अन्य खेलाडी:
१. जाबी अलोन्सो
रियल म्याड्रिड र बायर्न म्युनिख
२. अार्जेन रोबेन
चेल्सी र बायर्न म्युनिख
३. स्यामुएल एटो
बार्सिलोना र इन्टर मिलान
४. ज्लाटन इब्राहिमोभिच
इन्टर, म्यानचेस्टर युनाइटेड र बार्सिलोना
५. म्याक्सवेल
इन्टर र बार्सिलोना
६. पेड्रो
चेल्सी र बार्सिलोना
७. अाइडुर गुडयोन्सन
चेल्सी र बार्सिलोना
८. केभीन डे ब्रुएन
चेल्सी र म्यान्चेस्टर सिटी
९. सेस फाब्रिगास
चेल्सी र बार्सिलोना
१०. क्लाउडियो पिजारो
चेल्सी र बार्सिलोना
११. बास्टियन स्वाइन्स्टाइगर
म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]