9 years ago
January 4, 2016
राष्ट्रिय फुटबल टोलीका उप-कप्तान एवं भरपर्दा मिडफिल्डर रोहित चन्द मलेसियाली क्लब टि-टिम एफ.सी.मा अनुबन्धित हुदैंछन्|
भर्खरै सम्पन्न साफमा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन नभएतापनि आफ्नो प्रभाव जमाउन सफल रहेका रोहित प्रतियोगिता सुरु हुनुअघिनै मलेसिया पुगेर मेडिकल गरेर आएका थिए| नेपाली टोलि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानुपुर्व रोहित मलेसिया पुगेर ढाकामा जम्मा भएका थिए|
रोहितकै पुर्व क्लब पेर्सिजा जकार्ताका प्रशिक्षक रहमद दर्मावानले हालसालै उक्त क्लबको प्रशिक्षणको जिम्मा पाएका थिए| पुरानो क्लबमा पनि रोहित प्रदर्शन उत्कृष्ट रहेकाले प्रशिक्षकले रोहितलाई चुनेको बुझिएको छ| रोहितले मलेसियाली क्लबसंग एक वर्षको अनुबन्धन गर्नेछन्|
रोहितले खेल्ने क्लब यहि जनवरी २९ तारिखमा आर्मीविरुद्ध प्लेअफ खेल्दैछ| सो खेल जितेमा टोलि माथिल्लो डिभिजनमा पुग्नेछ, जुन मलेसियाको माथिल्लो डिभिजन पनि हो|
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]