default_image

7 years ago

January 23, 2018

धनगढीमा अब महिला गोल्डकप आयोजना हुने

64 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सफल आयोजना पछि धनगढीमा पहिलो पटक अर्को महिना महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १ गते सम्पन्न दास्रो गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने क्रममा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्ड कप आयोजनाको घोषणा गरेको हो ।

फागुन अन्त्यतिर महिला गोल्ड कप आयोजना गर्ने गरि तयारी सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सुदूरपश्चिम खप्तड गोल्ड कपमा ८ टोलीको सहभागिता रहने क्लबका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । जसमा ६ स्वदेशी र २ विदेशी क्लब सहभागित हुने बताइएको छ । महिला गोल्ड कपको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्रिभुवन आर्मी क्लबले जितेको खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा भएको बताइएको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका थिए । सुदूरपश्चिम ११ ले अर्को वर्ष विजेतालाई २१ लाख र दोस्रो हुने टोलीलाई १० लाख ५० हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

February 6, 2025

भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक

हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]

February 6, 2025

एनओसी कार्यसमितिबाट अहिलेसम्म ४ जनाको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]

February 6, 2025

एनआरटी एकै दिन दुई वटा गोल्ड कपमा खेल्दै

पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]

Success

Thank you for your time.