default_image

7 years ago

January 23, 2018

अन्तत: स्यान्चेज युनाइटेड तथा मिखीतार्यान आर्सनल पुगे

53 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगका महारथी क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले सम्भवत: जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो ट्रान्सफर पुरा गरेका छन् । क्लबहरुको सहमति पश्चात विङ्गर एलेक्सिस स्यान्चेज म्यानचेस्टर युनाइटेड तथा मिडफिल्डर हेनरिक मिखीतार्यान आर्सनल पुगेका छन् ।

दुवै क्लबले आफ्ना पूर्व-खेलाडीलाई  धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् । म्यानचेस्टर युनाइटेडले करारको अन्तिम समयमा रहेका कारण विन्डोको सुरुआतदेखिनै आर्सनलबाट एलेक्सिस स्यान्चेजलाई ल्याउने प्रयास गरेको थियो । आर्सनलले स्यान्चेजको सट्टा अहिले मोउरिन्होको रोजाईमा नपरेका मिखीतार्यानको माग राखेको थियो । दुवै क्लबबीच खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमती भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका थिए ।

स्यान्चेजले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने छन् भने मिखीतार्यानको जर्सी नम्बरको टुंगो लागको छैन । स्यान्चेज म्यानचेस्टर युनाइटेडबाट खेल्ने चिलीका पहिलो खेलाडी हुन् ।

September 29, 2024

बायर्न र लेभरकुसनले बराबरी खेले

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]

September 29, 2024

लिभरपुलको पाँचौं जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

Success

Thank you for your time.