default_image

7 years ago

January 22, 2018

आर्मी विजयी, सेमिफाइनलमा थ्री स्टारसँग भिड्ने

49 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को तेस्रो क्वाटरफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मीले भुटानको ड्रुक युनाइटेड एफ सीलाई ५-० को अन्तरले हराएको छ ।

खेलको २० औं मिनेटमा पदम तामाङले आर्मीका लागि खाता खोलेका थिए । त्यस्तै पदमले ४१ औं मिनेटमा फेरि गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा आर्मी थप तीन गोल गर्न सफल रह्यो ।

खेलको ६२ औं मिनेटमा आर्मीका दिनेश हेम्जोनले टोलीको तेस्रो गोल गरे भने ७६ औं मिनेटमा टंक बस्नेतले स्कोर ४-० बनाएका थिए । खेलको ८० औं मिनेटमा दिनेशले फेरि गोल गर्दै स्कोर ५-० बनाए र आर्मीको फराकिलो जित सुनिश्चित गरे ।

खेलको ‘म्यान अफ द म्याच’ पदम तामाङ चुनिए । उनले ट्रफीसहित १० हजार नगद पुरस्कार पनि प्राप्त गरे । आर्मीले सेमिफाइनलमा थ्री स्टारको सामना गर्ने छ । खप्तड गोल्डकपमा पनि आर्मी र थ्री स्टार क्वाटरफाइनलमा भिडेका थिए जहाँ विभागीय टोलीले थ्री स्टारलाई पराजित गरेको थियो ।

प्रतियोगिताको खेल तालिका यहाँ हेर्नुहोस । 

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.