default_image

7 years ago

January 22, 2018

बार्सिलोनाको फराकिलो जितमा मेस्सी र स्वारेजको दुई गोल

56 views

0 Bookmark

सेभिल्ला (एजेन्सी) – रियल बेटिसको घरेलु मैदानमा बार्सिलोनाले ५-० को सहज जित निकालेको छ । ला लिगाको खेलमा लियोनल मेस्सी र लुइस स्वारेजले दुई-दुई गोल गरे भने इभान राकिटिकले पनि गोल गरे । 

पहिलो हाफ गोलरहित भएपछि राकिटिकले ५९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेस्सीले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर गरे । सर्जियो बुस्केटले बेटिसका खेलाडी फ्याबिएनसँग खोसेर मेस्सीलाई दिएको बललाई अर्जेन्टिनी फरवार्डले सदुपयोग गरेका हुन् ।

स्वारेजले बार्सिलोनाको तेस्रो गोल गरे । बक्स भित्रबाट ६९ औं मिनेटमा स्वारेजले भली मार्फत गोल गरेका थिए । मेस्सीले ८० औं मिनेटमा राम्रो स्किल देखाउँदै स्पेस बनाएपछि गरेको प्रहार गोलमा परिणत भयो । ८९ औं मिनेटमा मेस्सीले दिएको पासलाई स्वारेजले सदुपयोग गर्दै ५-० बनाएका थिए ।

जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । २० खेल खेल्दा बार्सिलोनाको ५४ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको ४३ अंक छ । डिपोर्टिभो ला कोरुना विरुद्ध ७-१ को रवाफिलो जित दर्ता गरेको रियल ३५ अंक सहित चौथो स्थानमा यथावत् छ ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.