default_image

7 years ago

January 21, 2018

केनलाई नेयमार भन्दा महँगो खेलाडी बनाउन रियल तयार

45 views

0 Bookmark

लण्डन (एजेन्सी) – रियल म्याड्रिडले टोटेनह्यामका इङ्लिस स्ट्राइकर ह्यारी केनलाई विश्वको सबैभन्दा महँगो खेलाडि बनाउन तयार रहेपनि टोटेनह्यामले यो समर विन्डोमा केनलाई नबेच्ने स्काई स्पोर्ट्सले जनाएको छ । 

Kane neymar

स्काई स्पोर्ट्सका अनुसार रियलले केनलाई भित्राउन नेयमारको विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डको सरुवा रकम उछिन्ने तयारीमा रहे पनि स्पर्सले भने उनलाई बेच्ने छैन ।

स्पर्सका प्रमुख कार्यकारी अधिकारी ड्यानियल लेभीका अनुसार स्पर्स यो समरमा आफ्ना स्टार खेलाडीलाई बेच्न बाध्य हुने छैन । लेभीले स्काई स्पोर्ट्सलाइ भने,  ‘टोटेनह्यामले क्लबमा राख्न चाहेको खेलाडीलाई बेच्ने छैन । हाम्रो रणनिती भनेको स्पर्समा थप राम्रा खेलाडी अनुबन्ध गर्दै क्लबलाई थप बलियो बनाउने हो । ‘

केनले राम्रो फर्मलाई यो सिजन पनि निरन्तरता दिएका छन् । स्पर्सका लागि प्रिमियर लिगमा ९८ औं गोल गर्दै उनी क्लबका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । २४ वर्षीय केनले विगत ३ सिजन देखि स्पर्सका लागि प्रति सिजन २५ भन्दा धेरै गोल गरेका छन् । यो सिजन सबै प्रतियोगितामा स्पर्सका लागि २८ खेलमा २८ गोल गर्दै उच्च प्रदर्शन गरेका केनले रियलको ध्यानाकर्षण गरेका हुन् ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.