7 years ago
January 21, 2018
लमजुङ (हाम्रो खेलकुद) – ललितपुरको नख्खिपोट युवा क्लब आठौं संस्करणको पारेदेवी नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । लमजुङको दोर्दी गाउँपालिका दुबारगाउँमा भएको फाइनल खेलमा सेभेन लक्की युवा क्लब हिलेलाई १–० ले पराजत गर्दै नख्खिपोट च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा सौरभ मगरले गरेको गोल नै नख्खिपोटलाई च्याम्पियन बन्न पर्याप्त बन्यो । उपाधिसहित नख्खिपोटले नगद १ लाख रुपैया प्राप्त गर्यो । दोस्रो भएको सेभेन लक्कीले नगद ५० हजार रुपैयामा चित्त बुझायो । सेमिफाइनलसम्म पुगेका बीवाइसी भोटेओडार र घनपोखरा युवा क्लव घनपोखराले समान १५/१५ हजार रुपैयाँ प्राप्त गरे । सर्वाधिक गोलकर्ता सेभेन लक्कीका लिलजंग तामाङले ७ गोल गर्दै नगद ६ हजार र ट्रफि पाए । उत्कृष्ट खेलाडी नख्खिपोटका सविन खड्काले नगद ६ हजार पाए ।
बिजयीलाई निवर्तमान सांसद जमिन्द्रमान घले, आयोजक पारेदेवी युवा क्लवका अध्यक्ष ओमलाल गुरुङ लगायतले पुरस्कृत गरे । १ माघ बाट सुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता रहेको थियो । त्यस्तै, महिलातर्फ आयोजक पारेदेवी युवा क्वल च्याम्पियन बनेको छ । फाइनलमा आयोजकले सेभेन लक्की हिलेबजारलाई टाइब्रेकरमा ३–१ ले हराउदै विजयी हासिल गर्न सफल भयो । निर्धारित समयमा १–१ गोल भएको थियो । उपाधिसहित पारेदेवीले २० हजार र दोस्रो भएको सेभेन लक्कीले १० हजार पाए ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]