default_image

7 years ago

January 21, 2018

सुजलको ह्याट्रिकमा झापालाई हराउँदै मनाङ सेमिफाइनलमा

63 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – मदन भण्डारी इटहरी गोल्डकपको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ लाई ४-३ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको छ ।

Sujal Shrestha

मनाङको जितमा मिडफिल्डर सुजल श्रेष्ठले ह्याट्रिक गरे । खेलको  ५ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका सुजलले ११ औं मिनेट र १९ औं मिनेटमा दुइ गोल पेनाल्टी मार्फत गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको सुरुआतमा ३ गोलले पछि परेको झापाले कर्ण लिम्बुको २८ औं मिनेटको गोलमा अन्तर घटायो । दोस्रो हाफमा ६८ औं मिनेटमा बिमल बस्नेतको आत्मघाती गोलमा ३-२ बनाउँदै खेलमा फर्किएको झापाले ७७ मिनेटमा अर्को गोल खायो । बिशाल राईले गोल गर्दै मनाङ्लाई चौथो गोल दिलाए । कर्णले ७९ मिनेटमा अर्को गोल गरेपनि त्यो झापालाई पर्याप्त रहेन ।

विजयी टोली मनाङका सुजल म्यान अफ द म्याच भए । उनले नगद १० हजार प्राप्त गरे ।  प्रतियोगित अन्तर्गत सोमबार आर्मीले ड्रुक युनाइटेड, भुटानको सामना गर्दैछ ।

 प्रतियोगिताको खेल तालिका  यहा हेर्नुहोस । 

 

September 29, 2024

बायर्न र लेभरकुसनले बराबरी खेले

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]

September 29, 2024

लिभरपुलको पाँचौं जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

Success

Thank you for your time.