7 years ago
January 21, 2018
पोखरा (हाम्रो खेलकुद) – सातौ रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । सिएमजी काठमाडौंलाई १–० ले हराउँदै आयोजक बगर भाइ खलक ए च्याम्पियन बनेको हो । विजेता टोलीले १ र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे ।
धन गुरुङ (सन्तोष) ले मध्यान्तरपछि गरेको गोल नै खेलको निर्णायक बनेको थियो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बाल गोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीले गोल गर्ने थेरै अवसर पाए पनि सफल हुन सकेन । कति प्रयास बगर भाइ खलकका गोलकिपर लक्षुमण गुरुङले बिफल पारे । खेलमा बगर भाइ खलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ लि म्याच घोषित भए । त्यसअघि शनिबारनै भएका सेमिफाइनलमा विजयी हुँदै सिएमजी र बगर भाइ खलक फाइनल पुगेका थिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइ खलकका जय थापा भए । आयोजकै लक्षुमण गुरुङले उत्कृष्ट गोलकिपर, सिएमजी बाल गोपाल महर्जन उत्कृष्ट मिड फिल्डर र सोही टोलीका राजन नेपाली उत्कृष्ट रक्षक घोषित भए । बगर भाइखलकका धन गुरुङ (सन्तोष) उत्कृष्ट स्ट्राइकर र ४ गोल गरेका उनै सर्वाधिक गोलकर्ता बने । नखिपोट फेयर प्ले टोली घोषित भए । उत्कृष्ट सबैले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
कास्की प्रदेश सभासद बिन्दु कुमार थापा, मुख्य प्रायोजक स्व रन्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ र मन्जु गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, संस्थाका अध्यक्ष दिल बहादुर गुरुङ, सहारा युके सिइओ धनु थकाली, बगर भाइ खलक युकेका प्रतिनिधी शेरा गुरुङ, समाजसेवी राजमान थकाली, प्रथम पुरुस्कार प्रायोजक इन्द्र गुरुङ, दोश्रो पुरुस्कार प्रायोजक अमित जोन गुरुङ लगाएतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
समापनमा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक समेत रहेका बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई तीन वर्ष देखि लगतार प्रतियोगितामा सहभागिता जनाएकोमा सम्मान गरिएको थियो । एन्फा कास्कीमा निर्वाचित बगर भाइ खलक सदस्य एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष इस्वर गुरुङ (चन्द्र), सदस्य हिटलर घले र राधा गुरुङलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेका प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्य प्रति जागरुक गराउने रहेको बताइएको छ । भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टोलीको सहभागितामा प्रतियोगिता माघ २ गते देखि सञ्चालन भएको थियो ।
स्वर्गिय रन्जित गुरुङका परिवारले मुख्य प्रायोजन गरेको प्रतियोगितालाई बगर भाइखलक युकेले सह प्रायोजन गरेको थियो । प्रतियोगितालाई बगर भाइखलक हङ्गकङ्ग, जापान, सिङ्गापुर लगाएतका मुलुक बाट समेत सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]