default_image

7 years ago

January 20, 2018

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन, एपिएफ तेस्रो

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको छ । घोराहीमा सम्पन्न नकआउट च्याम्पियनसिपमा आर्मीलाई टाई ब्रेकरमा ५-४ ले हराउँदै पुलिसले उपाधि जितेको हो ।

फाइल तस्बिर : भोला सिलवाल

भरत खवास, नवयुग श्रेष्ठ लगायत पहिलो रोजाइका खेलाडी विना मैदानमा उत्रिएको आर्मीको ‘बी’ टीमले पुलिसलाई निर्धारित समयमा गोलरहित रोकेपछि खेलको नतिजा टाई ब्रेकरले तय गरेको थियो ।

टाई ब्रेकरमा पुलिसका सुमन लामा , बुद्ध लामा , तेज तामांग , दिनेश राजबंशी र निर कुमार राई गोल गरे भने आर्मीका राजिब गुरुङले गोल गरेनन् । आर्मीका जर्ज प्रिन्स कार्की , हिरन्य मगर , बिबेक बस्नेत र रुपेश केसीले गोल गरे ।

एपिएफ तेस्रो

तेस्रो स्थानको खेलमा एपिएफले सुदुरपश्चिमलाई टाई ब्रेकरमा नै हरायो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको छिनोफानो टाई ब्रेकरले गरेको थियो । एपिएफले पनि दोस्रो रोजाईको टोली उतारेको थियो । एपिएफको पहिलो टोली भने इटहरी गोल्ड कपमा थ्री स्टारसँग पराजित भयो

रोमाञ्चक खेलमा सुदुरले ३३ मिनेटमा मणि राम चौधरीको गोलमा अग्रता लिएपछि दोस्रो हाफमा ५५ औं मिनेटमा मनिष लामाले एपिएफलाई बराबरी गोल दिलाएका थिए । मणि रामले ६३ औं मिनेटमा सुदुरलाई दोस्रो पटक अग्रता दिलाए पनि आषिस लामाले खेलको अन्तिम मिनेटमा गोल गर्दै एपिएफलाई जोगाए ।

दुई गोल गरेका मणि रामले टाई ब्रेकरमा गोल गर्न असफल भएपछि सुदुर ४-३ ले पराजित भयो । सुदुरका प्रकाश हमाल , सुनिल धामी , राजन थागुनाले गोल गर्दा कृष्ण कथायतले भने गोल गरेनन् । एपिएफका दीपक खड्का चुके पनि आषिस, सन्तोष लामा , मान बहादुर लामा र सुमित आलेले गोल गरे ।

February 6, 2025

एनआरटी एकै दिन दुई वटा गोल्ड कपमा खेल्दै

पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]

February 6, 2025

आर्सनल लिग कपबाट बाहिरियो

एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

Success

Thank you for your time.