7 years ago
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टारका पूर्व प्रशिक्षक एवम् अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदीप हुमागाईंले इङ्ग्ल्यान्डको चर्चित क्लब वेष्ट ह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी डिप्लोमामा स्थान पाएका छन् ।
हुमागाईंले फेब्रुवरी ८ देखि १४ सम्म लण्डनमा हुने प्रशिक्षण कोर्समा उपस्थिति जनाउने छन् । हुमागाईं अहिले संलग्न क्लब किस्टोन एथ्लेटिकले प्रेस विज्ञप्ति जारी गर्दै प्रदिपलाई बधाई समेत दिएको छ ।
“प्रदिप हुमागाईं छनोट भएकामा हामी गौरवान्वित भएको छौं । वेष्ट ह्यामको ‘अफिलियट’ भएकाले हरेक वर्ष हामीले उच्चस्तरिय केहि प्रशिक्षकलाई मात्र यस प्रतिष्ठित कोर्समा सहभागी हुन पठाउँछौं । हुमागाईंको उत्कृष्ट प्रशिक्षण क्षमता र फुटबलमा राम्रो अनुभवका कारण हामीले उनको नाम दिएका हौं,” किस्टोन एथ्लेटिकले जनाएको हो ।
नेपाली फुटबल समुदाय र स्पोर्ट्स मिडियालाई पनि सो खबर पुर्याउन आफू उत्साहित रहेको किस्टोनले जनायो । हुमागाईंले फेब्रुवरी ९ मा ‘ओरियन्टेसन’ कार्यक्रममा सहभागी हुने छन् भने १०, ११ र १२ तारिखमा उमेर समुहको खेलहरुको निरिक्षण गर्ने छन् ।
इङ्ग्लिस प्रिमियर लिग खेलमा वेष्ट ह्याम फेब्रुवरी १० मा वाटफोर्डसँग भिड्दा हुमागाईंले सो खेल स्टेडियममै अवलोकन गर्ने छन् र खेलपछि विश्लेषण कार्यक्रममा सहभागि हुने छन् ।
१४ र १५ तारिखमा उनले मुल्याङ्कन सेसनमा सहभागी भई वेष्ट ह्यामका एकेडेमी प्रबन्धक टेरी वेस्ट्ली र अन्तर्राष्ट्रिय एकेडेमी प्रशिक्षण निर्देशक पल हेफेरसँग काम गर्ने छन् । हुमागाईं १५ तारिखमा अमेरिका फर्किने छन् ।
हुमागाईंले ३ वर्ष अगाडि थ्री स्टारलाई लिग उपाधि दिलाउन सफल भएका थिए भने त्यस अघि हिमालयन शेर्पाका सहायक प्रशिक्षकका रुपमा पनि काम गरेका थिए । प्रदिपले यहि महिना प्रशिक्षणको ‘ए’ लाइसेन्स प्राप्त गर्न सफल भएका थिए जुन नेपालको इतिहासमा दोस्रो पटक हो ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]