default_image

7 years ago

January 19, 2018

असेन्सियोको अन्तिम मिनेट गोलमा रियल विजयी

42 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को अग्रता लिएको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो ।

रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को साता दोस्रो लेगमा अब घरेलु मैदान सेन्टीइगो बर्नेबाउमा लेगानेसलाई निम्त्याउने छ ।

लेगानेसले दोस्रो हाफमा गरेको प्रहार बारमा लागेर फर्किएपछि गोल गर्ने अवसर गुमाएको थियो । खेलको ८९ औं मिनेटमा थियो हर्नान्डेजको क्रसलाई सदुपयोग गर्दै रियललाई असेन्सियोले गोल दिलाए ।

क्रिस्टियानो रोनाल्डो लगायतका पहिलो रोजाईका खेलाडीलाई जिदानले विश्राम दिएका थिए । पहिलो रोजाइबाट ड्यानी कार्बाहल र राफेल भरानलाई मात्र सुरुआत गरेका उनले लुका मोड्रिक र इसकोलाई दोस्रो हाफमा खेलाएका थिए ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.