default_image

7 years ago

January 18, 2018

आर्मी र पुलिस फाइनल प्रवेश; एपिएफ बाहिरियो

65 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गतको राष्ट्रिय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले नेपाल एपिएफलाई सेमिफाइनलमा २-१ को अन्तरले हराएको छ । यस जितसँगै पुलिसले फाइनलमा आर्मीसँग भिडन्त पक्का गरेको छ ।

खेलको १७ औं मिनेटमा एपिएफका दिपक खड्काले एपिएफलाई अग्रता दिलाए पनि दोस्रो हाफमा पुलिसले खेल उल्टाउन सफल भएको हो । खेलको ५३ औं मिनेट र इन्जुरी समयको पहिलो मिनेटमा क्रमश: सन्तोष हेम्रन र सुमन लामाले गोल गर्दै विभागीय डर्बीमा पुलिसलाई जित दिलाए ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा आर्मीले सुदुरपश्चिमलाई २-१ कै स्कोरले पाखा लगायो । सुदुरका मनिराम चौधरीले टोलीलाई खेलको २० औं मिनेटमा अग्रता दिलाएका थिए । तर एरिक विष्टले ६९ औं मिनेट र राजीव गुरुङले ७१ औं मिनेटमा गोल गर्दै पुलिससँग फाइनलमा भेट पक्का गरेको हो ।

प्रतियोगितामा पुलिसले आफ्नो पहिलो रोजाईको टोली खेलाएको छ भने एपिएफले आफ्नो दोस्रो रोजाईका खेलाडिहरु खेलाएको छ । आर्मीका लागि नवयुग श्रेष्ठ र भरत खवास लगायत पहिलो रोजाईका खेलाडिहरुलाई इटहरी गोल्डकप प्रतियोगितामा पठाइएको छ । फाइनल खेल माघ ६ गते घोरहीमा खेलिने छ भने तेस्रो स्थानका लागि एपिएफ र सुदुरपश्चिम पनि सोहि दिन भिड्दै छन् ।

February 6, 2025

आर्सनल लिग कपबाट बाहिरियो

एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

Success

Thank you for your time.