default_image

7 years ago

January 18, 2018

बार्सिलोना पराजित , मेस्सी पेनाल्टीमा चुके

42 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – कोपा डेल रे अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । काटालान डर्बिमा इस्प्यानोलको घरेलु मैदानमा बार्सिलोना १-० ले पछि परेको हो ।

Messi Penalty Miss

दोस्रो हाफमा लियोनल मेस्सीले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहार रियलका पूर्व गोल किपर डिएगो लोपेजले बचाएका थिए ।

त्यस्तै इस्प्यानोलका २० वर्षीय एकेडेमीका मिडफिल्डर ओस्कार मेलेन्डोले ८८ औं मिनेटमा निर्णायक गोल गरे । पहिलो लेगमा १-० ले पछि परेको बार्सिलोनाले २५ जनवरीको दोस्रो लेगमा नतिजा उल्टाउनु पर्नेछ।

बार्सिलोनाले इस्प्यानोलसँग २००९ यता हार बेहोरेको थिएन । त्यस्तै कोपा डेल रेमा बार्सिलोना १९७० यता पहिलो पटक इस्प्यानोलसँग पराजित भएको हो ।अन्य खेलहरुमा एथेलेटिको म्याड्रिड घरेलु मैदानमा सेभिल्लासँग १-२ ले पछि पर्यो भने भ्यालेन्सियाले घरेलु मैदानमा अलाभेसविरुद्ध २-१ को अग्रता लियो ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.