default_image

7 years ago

January 18, 2018

पिएसजीमा नेयमारको पहिलो ह्याट्रिक

67 views

0 Bookmark

प्यारिस (एजेन्सी) – फ्रान्सको लिग १ मा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा नेयमारले ४ गोल गरे भने एन्जल डी मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले पनि एकएक गोल गरे ।

Neymar

पिएसजीलाई डी मारियाले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै  १५ औं मिनेटमा उनले घरेलु टोलीको अग्रता दोब्बर गरेका थिए । त्यस्तै २१ औं मिनेटमा ३-० बनाएका काभानी पिएसजीका लागि ‘सर्वाधिक गोल गर्ने खेलाडी’ बने । ज्लाटन एब्राहिमोबीचसँग र उनको नाममा पिएसजीका लागि समान १ सय ५६ गोल छन् ।

त्यस्तै हाफ अघि ४२ औं मिनेटमा गोल गरेका नेयमारले दोस्रो हाफमा थप ३ गोल गरे । ५७ औं र ५३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका नेयमारले बाप्पेले ७७ औं मिनेटको गोल पछि ८३ औं मिनेटमा पेनाल्टी मार्फत थप गोल गरे ।

पिएसजीको जितसंगै अग्रस्थानमा ११ अंकको अग्रता छ । दोस्रो स्थानमा रहेको लियोनको ४५ अंक छ भने डिजोन पराजयसंगै ११ औं स्थानमा झरेको हो ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.