default_image

7 years ago

January 17, 2018

विश्व कप तयारीमा नाइजेरियाले ५ खेल खेल्ने

36 views

0 Bookmark

अबुजा (एजेन्सी)– विश्व कपको तयारीका लागि नाइजेरियाले ५ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यहि वर्ष रुसमा आयोजना हुने विश्व कप अघि नाइजेरियलाले पोल्याण्ड, सर्बिया , कंगो , इङ्ल्याण्ड र चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

Nigeria

नाइजेरियाले २३ मार्च पोल्याण्डको सामना गर्नेछ भने त्यसको ४ दिन पछि सर्बियासँग खेल्नेछ । त्यस्तै २८ मेमा घरेलु मैदानमा कंगोलाई निम्त्याउनेछ भने २ जुनमा वेम्ब्ली मैदानमा इङ्ल्याण्डको सामना गर्नेछ । त्यस्तै ६ जुनमा नाइजेरियाले चेकको सामना गर्नेछ ।

विश्व कप अन्तर्गत नाइजेरियाले १६ जुनमा क्रोसियासँग पहिलो खेल खेल्नेछ । आइसल्याण्डलाई २२ जुन र ४ दिन पछि अर्जेन्टिनासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । यो नाइजेरियाको विश्व कपमा छैंटौ सहभागिता हो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.