7 years ago
January 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला अदालतले भक्तपुर जिल्ला फुटबल संघको बिहीबारका लागि तय गरेको निर्वाचन रोक्न बुधबार अन्तरिम आदेश गरेको छ । भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले दायर गरेको रिटमा मातृकाप्रसाद मरासेनीको एकल इजलासले निर्वाचन रोक्न आदेश दिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन निर्देशिका आनुसार जिल्ला संघको निर्वाचनका लागि कम्तीमा ७ दिन अगावै सुचना दिनुपर्ने प्रावधानलाई पालना नगरेको भन्दै रिट दायर भएको थियो ।
एन्फाले केन्द्रिय निर्वाचनअघि एक महिनाको समय दिएर ४५ जिल्ला सदस्यलाई साधारण सभा गर्न निर्देशन दिएको थियो ।
एन्फाले पुस ५ देखि माघ ५ गते सम्मलाई जिल्ला संघको निर्वाचनको अवधि तोकेको थियो । एन्फाका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भएका छन् ।
केही जिल्लामा बाहेकका जिल्लामा सर्वसम्मतमा नेतृत्व चयन भएका छन् । एन्फाको १७ सदस्यीय केन्द्रिय समिमितको निर्वाचन चैत १४ गतेका लागि तय भएको छ ।
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]