default_image

7 years ago

January 19, 2018

विश्व कपमा देखिन सक्ने आशा नगरिएको १० खेलाडी

53 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व कप नजिकिँदै गर्दा फ्यानहरुको चासो पनि यसप्रति बढ्दै छ । छनोट चरणको खेलहरु खेलिसक्दा रुसमा हुने फुटबलको भिडन्तमा सहभागी हुने राष्ट्रहरुको छिनोफानो भइसकेको छ । सहभागी राष्ट्रहरु तयारीमा जुट्दै छन् र प्रशिक्षकहरु उपलब्ध खेलाडीहरुलाई नियाल्दै छन् । कसलाई टोलीमा समावेश गर्ने र कसलाई स्थान नदिने , यो प्रशिक्षकको लागि महत्वपूर्ण निर्णय हुन्छ ।

यसै बीचमा यसपटक विश्वकपमा आफ्नो टोलीका लागि छानिन सक्ने आशा नगरिएको १० खेलाडीहरु यसप्रकार छन् :

१. पाटो 

कुनै समय राम्रो सम्भावना बोकेका ब्राजिलियन फरवार्ड एलेक्जान्डर पाटोले चोटका कारण फुटबलमा सोचे अनुरुप प्रवाभ छाड्न सकेनन् । १९ वर्षको उमेरमा ब्राजिलको टोलीमा स्थान पाएका उनले पहिलो खेलमा नै गोल गरेका थिए । ब्राजिलबाट २७ खेलमा १० गोल गरेका उनले चोटका कारण २०१३ यता ब्राजिलको टोलीमा स्थान पाएका छैनन् ।

हाल चीनको सुपर लिगमा खेल्दै आएका उनी फिटनेसमा फर्किएका छन् र उनले विश्व कपमा ब्राजिलको लागि प्रतिनिधित्व गर्ने इच्छा राखेको बताएका छन् ।

२.माल्कम 

फ्रान्सेली लिगमा बोर्डोसँग आबद्ध २० वर्षीय फरवार्ड ट्रान्सफर मार्केटमा चर्चाका विषय छन् । प्रिमियर लिगमा उनलाई आर्सनल र लिभरपुलले भित्राउने प्रयास गर्दैछ । यो सिजन फ्रेन्च लिगमा उनले १८ खेलमा ७ गोल गरेका छन् ।

३.फ्रेड 

२४ वर्षीय फ्रेडले ब्राजिलबाट ६ खेल खेलेका छन् । उनी हाल साख्तर दोनेस्कमा छन् । प्रिमियर लिगमा म्यानचेस्टर सिटी , युनाइटेड र आर्सनल उनलाई भित्राउने प्रयासमा छन् ।

४. कार्लोस टेभेज 

चीनको सुपर लिगबाट बोका जुनियरमा फर्किएका ३४ वर्षीय अर्जेन्टिनी फरवार्ड टेभेज अर्जेन्टिनाका लागि राम्रो अनुभव भएका खेलाडी हुन सक्छन् । हाल गोन्जालो हिगुएन लयमा नहुँदा बोका जुनियरमा राम्रो प्रदर्शन गरे म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर विश्व कपमा देखिने सम्भावना छ ।

५. जाडोन स्यान्चो , ६. फिल फोडेन 

जाडोन स्यान्चो

जाडोन र फोडेन दुवैमा धेरै समानता छ । दुवै १७ वर्षीय हुन् , दुवै इङ्लिस र दुवैले पहिलो पटक युरोपेली लिगमा भर्खरै डेब्यु गरेका छन् । मिडफिल्डर जाडोनले भर्खरै जर्मन लिगमा बोरुसिया डर्टमाउन्डबाट पहिलो खेल खेले भने म्यानचेस्टर सिटीका स्ट्राइकर फोडेनले प्रिमियर लिगमा खेल्ने मौका पाए । यू-१७ विश्व कप जित्ने इङ्लिस टोलीमा महत्वपूर्ण खेलाडीद्वय जाडोन र फोडेनले राम्रो प्रदर्शन जारी राखेमा विश्व कपमा इङ्लिस टोलीमा स्थान पाउँदै सबैलाई आश्चर्य पार्ने सम्भावना बोकेका छन् ।

फिल फोडेन

 

७. एलेक्सजान्डर इसाक 

१८ वर्षीय एलेक्सजान्डर इसाक बोरुसिया डर्टमाउन्डका स्ट्राइकर हुन् । स्विडेनबाट २ खेल खेलिसकेका उनले १ गोल गरेका छन् । विश्व कपमा स्विडेनबाट खेल्ने सम्भावना उनले बोकेका छन् ।

८. आइगो आसपास 

लिभरपुलमा फ्लप स्पेनिस स्ट्राइकर सेल्टा भिगोमा फर्किए लगत्तै गोल गर्ने लयलाई निरन्तरता दिएका छन् । यो सिजन ला लिगामा आसपास मेस्सी र स्वारेजपछिका सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् । ३० वर्षको उमेरमा उनले पहिलो पटक विश्व कप खेल्ने अवसर पाउने सम्भावना छ ।

९ . फ्लोरिन थाउभिन

यो सिजन फ्रान्सेली लिगमा राम्रो प्रदर्शन गर्दै गरेका २४ वर्षीय स्ट्राइकर थाउभिनले यो लयलाई निरन्तरता दिए विश्व कपमा फ्रान्सको टोलीमा स्थान पाउने सम्भावना छ । मार्सेबाट न्युकासल पुगेका उनी प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न सकेनन् । उनी यसै सिजन मार्सेमा लोनमा स्थायी रुपमा फर्किए । वाइड मिडफिल्डमा खेल्ने उनले यो सिजनमा अहिलेसम्म १० गोल गरेका छन् । उनले फ्रान्सबाट २ खेल खेलेका पनि छन् ।

१०. एमेरिक लापोर्टे

फ्रान्सको २३ वर्षीय सेन्टर ब्याक लापोर्टे हाल स्पेनिस ला लिगामा एथलेटिक बिल्बावोबाट खेल्छन । ६ फुट ३ इन्च अग्ला कदका उनले फ्रान्सको विभिन्न उमेर समूहको खेलमा प्रतिनिधित्व गरेपनि सिनियर टोलीबाट भने डेब्यु गर्न बाँकी छ । यो सिजनको उनको प्रदर्शनका कारण विश्व कपमा फ्रान्सेली टोलीमा उनको पर्ने सम्भावना रहेको छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.