default_image

7 years ago

January 17, 2018

इन्दे्रणी र भारतको कन्चनजंघा विजयी

60 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सातौं रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार भारतको कंचनजघा, इन्द्रेणी एकीकृत विकास केन्द्र, र दिप युनाइटेड विजयी भएका छन् । आयोजक बगर भाइखलक एले भने वाकओभर पाएको छ ।


भारत सिलिगुडीको कंचनजंघाले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित ग¥यो । कंचनजंघाका लागि विद्या राई र सुरज थापाले गोल गरे । लेक साइडका लागि पंकज घिमिरेले गोल फर्काए । विजयी टोलीका सुरज खेलको म्यान अफ दी म्याच चुनिए ।

इन्द्रेणी एकिकृतले साइनिङ सन कैलालीलाई २–१ हरायो । विजयी टोलीका राम प्रसाद गुरुङ र चित्र थापाले गोल गरे । साइनिङ सनका लागि गोल गर्ने सुमन श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । चितवन भेट्रानले जावलाखेल युथ क्लब काठमाडौलाई ३–० ले हरायो । चितवका रविन्द्र श्रेष्ठले २ र अर्को गोल सूर्य नारायण मानन्धरले गरे । जावलाखेलका राजकुमार केसी खेलको म्यान अफ दी म्याच छानिए ।

दिप युनाइटेडले सिमरन भेट्रान्सलाई टाइ ब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयमा २–२ बराबरीपछि खेलको निर्णय पेनाल्टीमा भएको थियो । नियमित समयमा पनि गोल गरेका पूर्व राष्ट्रिय खेलाडी दिप युनाइटेडका वसन्त गुरुङ म्यान अफ दी म्याच चुनिए ।

बेलायतको बगर भाइ खलक युकेको टिम खेलको निर्धारित समयमा मैदानमा उपस्थित हुन नसक्दा वाक ओभरका आधारमा आयोजक बगर भाइ खलक ए विजयी बनेको छ । बगर भाइ खलक युकेको टिम हवाइ उडान ढिला भएका कारण उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समूहका खेलाडीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 6, 2025

आर्सनल लिग कपबाट बाहिरियो

एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]

February 6, 2025

रियल कोपा डेल रेको सेमिफाइनलमा, गार्सियाको निर्णायक गोल

एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]

February 5, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]

Success

Thank you for your time.