7 years ago
January 17, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर एन्ड्रेस इनियस्टाले कोपा डेल रे अन्तर्गत काटालन डर्बी गुमाउने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार दायाँ खुट्टामा चोट लागेपछि इनियस्टा मंगलबारको प्रशिक्षणमा सामेल भएनन् ।
उनले इस्पानुयलसँगको खेल गुमाउने छन् । बार्सिलोनाले नेपाली समय अनुसार आज राती १ः४५ मा घरेलु मैदानमा इस्पानुयलको सामना गर्दैछ । बार्सिलोनाका स्टार स्ट्राइकर औसमाने डेम्बेले पनि यो खेलमा उपलब्ध हुने छैनन् । उनी करिब १ महिना चोटका कारण बाहिएका हुन् ।
बार्सिलोनाको मगंलबारको प्रशिक्षणमा दोस्रो रोजाइको टोलीबाट २० वर्षे मिडफिल्डर कार्लेस एलेना र गोल किपर अल्भर्टोे भारो पनि सामेल थिए । उनीहरुलाई प्रशिक्षक एर्नेस्टो भाल्भर्देले कोपा डेल रेको उक्त खेलमा मौका दिने सम्भावना छ ।
January 25, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको युरोपबाट व्यवसायिक फुटबल खेल्ने सपना पूरा भएको छ। एन्जिलाले शनिवार ग्रिसको निस अट्रोमिटौबाट डेब्यू गरेकी छन् । उनले ग्रिस महिला ‘ए’ लिगमा जारी ओएफआइविरुद्ध खेलमा डेब्यू गरेकी हुन् । खेल निस अट्रोमिटौले ३-० ले गुमाएको छ। केहि साता अघि ग्रिस […]
January 25, 2025
दिपक बोहोरा, पाँचथर झापा बिर्तामोडको रेड स्टार क्लबले दोश्रो फिदिम भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फिदिम माविको खेल मैदानमा शनिवार आयोजक फिदिम भेट्रान्स क्लबलाई ४-२ ले पराजित गर्दै रेड स्टारले उपाधि जितेको हो । रेड स्टारका खेमराज पोखरेलले ह्याट्रिक गरे । अर्को गोल बुद्ध चेम्जोङले गरे। फिदिमका लागि अशोक लिम्बु र […]
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती लोकतान्त्रिक फुटबल टोली विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शनिवार भएको तेस्रो क्वाटरफाइनलमा बागमतीले पुलिसलाई २-१ ले पराजित गरेको हो । पुलिसले सुजन मगरको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा २ गोल खान पुगेको हो । ५७ औं मिनेटमा अमित […]