default_image

7 years ago

January 16, 2018

बगर भाई खलक फुटबलमा फ्रिडम फाइटरको जित

51 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सातौं रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन फ्रिडम फाइटर काठमाडौं, बुटवल भेट्रान र एबिसी पोखरा विजयी भएका छन् ।

उद्घाटन खेलमा फ्रिडमले बुटवल सोसाइटीलाई १–० ले हराएको छ । विजयी टोलीका विजय गुरुङ खेलको म्यान अफ दी म्याच चुनिए । अर्को खेलमा बुटवल भेट्रानले हेम्जा भेट्रानलाई ३–१ ले पराजित गर्यो । बुटवलका सञ्जय श्रेष्ठले २ र शेर बहादुर गुरुङले १ गोल गरे । हेम्जाका सन्तमा श्रेष्ठले फर्काए । बुटवलका सञ्जय म्यान अफ दी म्याच घोषित भए ।

सञ्जय गुरुङको ह्याट्रिकको मद्दतमा एबिसी पोखराले आयोजक बगर भाई खलकलाई ५–२ ले हरायो । विजयी टोलीका सञ्जय खेलको म्यान अफ दी म्याच चुनिए । उद्घाटन अघि पूर्व राष्ट्रिय खेलाडी एवंम फुटब प्रशिक्षक डम्बर गुरुङलाई सम्मान गरिएको थियो ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेरका खेलाडीको सहभागिता रहने प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । माघ ६ गते सम्म चल्ने प्रतियोगितामा भारतका दुईसहित २६ टोलीको सहभागिता रहनेछ ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.