default_image

7 years ago

January 16, 2018

एन्फा कास्की अध्यक्षमा गुरुङ विजयी

46 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ कास्की (एन्फा)को अध्यक्षमा मिलन गुरुङ विजयी भएका छन । संघको मंगलबार भएको निर्वाचनमा मिलन गुरुङ १३ मतका साथ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी शिव गुरुङले ५ मत प्राप्त गरेका थिए । चार वर्षे कार्यकालका लागि बाँकी पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

तीन उपाध्यक्षमा पदमा सुरेन्द्र गुरुङ, विश्व तण्डुकार र इश्वर गुरुङ (चन्द्र) निर्विरोध भए ।

त्यसै गरि सदस्य पदमा हिटलर घले, सचिन जङ्ग थापा, बुद्धी वहादुर खत्री, शुजित कुमार श्रेष्ठ, पूष्प बराल, इन्द्र बहादुर कुवंर, राम कुष्ण बास्तोला, शुसिल कुमार श्रेष्ठ र महिला सदस्यमा राधा गुरुङ निर्विरोध निर्वाचित भए । निर्वाचित सदस्य बाट सचिव र कोषाध्यक्ष मनोनित हुनेछन ।

यस अघि साधारण सभा तथा अधिवेशनको उदघाटन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले गरेका थिए । एन्फाको केन्द्रिय निर्वाचन अघि अहिले जिल्ला अधिवेशन जारी छ ।

पुस ५ देखि माघ ५ गते सम्म जिल्ला संघलाई निर्वाचन गरिसक्न एन्फाले निर्देशन दिएको थियो । १७ सदस्यीय एन्फा केन्द्रिय समितिका लागि चैत १४ गते निर्वाचन हुँदैछ ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.