default_image

7 years ago

January 16, 2018

एपिएफ र सुदूरपश्चिम राखेप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कपको उपविजेता नेपाल एपीएफ क्लब र सुदूरपश्चिमाञ्चले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

दाङको तुल्सीपुरमा भएको उद्घाटन खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले हरायो । अमृत अधिकारीले खेलको ११ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सोमबार मात्र एपिएफ धनगढी रंगशालामा खप्तड गोल्ड कपको फाइनलमा आर्मीसँग पेनाल्टीमा पराजित भएको थियो ।

दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले पराजित गर्यो । फिलिप तामाङले ८७ औं मिनेटमा गोल गरे । न्याय परिषद् नेपालका सदस्य पवनप्रसाद वैदिकले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

५ विकास क्षेत्र र ३ विभागिय टोली (नेपाल प्रहरी, एपिएफ र त्रिभुवन आर्मी) गरि ८ टोलीको सहभागिता रहेको प्रतियोगिता नकआउटका आधारमा सञ्चाइन भइरहेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार तुल्सीपुरमा पश्चिमाञ्चल र पुलिस तथा घोराहीमा पूर्वाञ्चल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.