default_image

7 years ago

January 16, 2018

सान्चेज भित्राउने दौडमा युनाइटेड

32 views

0 Bookmark

लण्डन (एजेन्सी) – आर्सनलका स्टार फरवार्ड एकेल्सिस सान्चेजलाई प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले भित्राउने चर्चा बढिरहेको छ । अग्रस्थानको म्यानचेस्टर सिटी सान्चेजलाई लिन सुरुमा इच्छुक रहे पनि अहिले आफ्नो चासो अन्त्य गरेको छ ।

सिजनको सुरुवातदेखि नै म्यानचेस्टर सिटीले चिलीका फरवार्डलाई आफ्नो टोलीमा समावेश गर्न खोजिरहेको थियो । सान्चेज र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको बार्सिलोनादेखि नै पुरानो सम्बध रहेको छ । तर आर्सनलले चाहेको ३५ मिलियन पाउन्डलाई लिएर सिटी असन्तुष्ट भएपछि सिटीले आफ्नो चासो त्यहिं अन्त्य गरेको हो ।

यस मौकाको फाइदा भने अहिले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उठाउन खोजिरहेको छ । युनाइटेडले आर्सनललाई २८ मिलियन पाउन्ड र आफ्नो खेलाडि हेन्रिक मिखितार्यनलाई सम्झौताको हिस्सा बनाउन खोजिरहेको छ । तर आर्सनलले भने विङर एन्थोनी मार्सियालप्रति चासो देखाएको विभिन्न स्रोतहरुले खुलाएको छ ।

यसअघि पनि आफ्नो स्टार खेलाडि म्यानचेस्टर युनाइटेडलाई बेचेको आर्सनललाई नमीठो सम्झना रहेको छ । सन् २०१२ मा आर्सनलका स्टार फरवार्ड रोबिन भान पर्सीलाई युनाइटेडले किनेको थियो । भान पर्सीले युनाइटेडमा लगत्तैको सिजनमा प्रिमियर लिग उपाधि पनि जितेका थिए ।

सान्चेजले आर्सनलमा दुई पटक एफए कप जितेका छन् । त्यसबाहेक उनले क्लबमा अन्य उपाधि जित्न नसकेको नै उनको असन्तुष्टिको कारण बताइएको छ । पछिल्लो १२ घन्टामा सिटी र युनाइटेड पछि चेल्सी पनि सान्चेजमा इच्छुक रहेको स्काई स्पोर्ट्सले जनाएको छ ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.