default_image

9 years ago

January 2, 2016

फुटबल प्रशिक्षक अजेम्सले पद त्याग्ने

134 views

0 Bookmark

काठमाडौं – साफ च्याम्पियनसिपको लज्जास्पद हारको साता दिन नवित्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अजेम्सले सम्झौता नविकरण नगर्ने भएका छन् ।

Nepal Coach Patrick Aussems
राष्ट्रिय टोलीसँगै सोमबार नेपाल फर्केलगत्तै घरायसी कारण देखाउँदै त्यसै रात फ्रान्स गएका अजेम्सले ट्वीटरमार्फत सम्झौता नविकरण नगर्ने उल्लेख गरेका हुन् । जनवरी ५ मा नेपाल फर्कने भन्दै फ्रान्स गएका अजेम्सले काम नगर्ने छनक देखेरै एन्फाले जनवरी ८ देखि बंगलादेशमा हुने बंगबन्धु कपको प्रशिक्षणको जिम्मा बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाई दिइसकेको छ ।
एन्फासँग उनको सम्झौता अझै दुई महिना (फेब्रुअरी २०१६ ) सम्म बाँकी नै छ । ‘नेपाली फुटबल विकासलाई दिएको योजनामा एन्फाको कुनै प्रतिक्रिया आएन,’अजेम्सले शनिबार दिउँसो ट्वीट गरेका छन्,‘त्यसैले म सम्झौता नविकरण गर्नेछैन ।’ एन्फा श्रोतका अनुसार साफ च्याम्प्यिनसिपको तयारीका लागि वैदेशिक प्रशिक्षण र कम्तिमा दुई मैत्रीपूर्ण खेल आवश्यक रहेको अजेम्सले मौखिक योजना दिएका थिए । त्यो पनि पुरा गर्न एन्फा असमर्थक रहेको थियो । विगतमा एन्फाले साफ च्याम्पियनसिपका लागि महिनौ लामो प्रशिक्षण र वैदेशिक प्रशिक्षणका सँगै मैत्रीपूर्ण खेलको पनि व्यवस्थापन गर्ने गथ्र्यो ।
४ महिनाअघि मासिक ७ हजार अमेरिकी डलरमा राष्ट्रिय टोलीको बागडोर सम्हालेका बेल्जियन अजेम्सको नेतृत्वमा नेपालले एक मैत्रीपूर्णसहित ३ खेल खेल्यो, तर कुनै पनि पनि सफलता हात पार्न सकेन । साफ च्याम्प्यिनसिपको समूह चरणमा श्रीलंकासँग १–० र आयोजक भारतसँग ४–१ ले पराजित हुँदै नेपाली टोली समूह चरणबाट बाहिरिएको थियो । साफको तयारीका लागि टोलीले बंगलादेश फुटबल टोलीसँग ढाकामा अभ्यास खेल खेलेको थियो । जसमा नेपाल १–० ले पराजित भएको थियो ।
साफ च्याम्पियनसिपको फाइनलमा आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.