default_image

7 years ago

January 15, 2018

डेम्बेले पुनः घाइते , १ महिना गुमाउन सक्ने सम्भावना

33 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँगको छोटो समयमा मुख्यतः चोटमा बिताएका ओस्माने डेम्बेले फेरी चोटिल भएका छन् । उनको बाँया खुट्टाको तिघ्रामा चोट लागेको कारण खेलमा फर्कन ३ देखि ४ हप्ता लाग्ने स्पेनिश पत्रिका मार्साले जनाएको छ ।

Dembele

यसै समरमा बार्सिलोनासँग आबद्ध डेम्बेले अघिल्लो सेप्टेम्बरदेखि यसै जनवरीसम्म चोटका कारणले बाहिर थिए । रियल सोसिडाडसँगको खेलमा दोस्रो हाफको २० औं मिनेटमा पौलिन्होको स्थानमा मैदान प्रवेश गरेका फ्रान्सेली स्ट्राइकर चोटका कारण बाहिरिएका थिए ।

यो हप्तामा दोस्रो पटक उनी चोटका कारण बाहिरिएका हुन् । यसअघि कोपा डेल रेमा सेल्टा भिगोसँग पनि चोटिल भएपछि उनले खेल छाडेका थिए । फिलिप कौटिन्हो पछिको क्लबका महँगा खेलाडी डेम्बेलेले बार्सिलोनासँग अनुबन्ध भएयता ४ खेल मात्र खेलेका छन् ।

डेम्बेलेको अनुपस्थितिमा पनि बार्सिलोना राम्रो लयमा रहेको छ । बार्सिलोना १९ खेलमा ५१ अंकका साथ ला लिगाको अग्रस्थानमा रहेको छ । दोस्रो स्थाममा रहेको एट्लेटिको म्याड्रिडको ४२ अंक रहेको छ भने बार्साको चिरपरिचित प्रतिद्वन्दि रियल म्याड्रिडको केवल ३२ अंक रहेको छ ।

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.