default_image

7 years ago

January 15, 2018

‘खेलाडीहरुको कठोर मिहेनतले उपाधि जित्न सफल’ – न्यौपाने

66 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितको सम्पूर्ण श्रेय खेलाडीहरुलाई दिएका छन् । एपिएफलाई फाइनलमा टाई ब्रेकरमा हराएपछि न्यौपानेले निर्धारित समयमै नतिजा निकाल्ने लक्ष्य लिएपनि मौकामा गोल गर्न नसक्दा खेल लम्बिएको बताए ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले दुई विभागीय टोलीको फाइनल खेल प्रतिस्पर्धात्मक भएपनि २४ घण्टा नबित्दै फाइनल खेल्नुपर्दा नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताए । खेलाडीहरुले हिजोको आजै राम्रो खेल खेले । ‘खेलाडीको प्रदर्शनमा म सन्तुष्ट छु’, प्रशिक्षक महर्जनले भने ।

आर्मीका कप्तान भरत खवासले कडा मिहेनतले नै उपाधि जित्न सफल भएको बताउदै टिमका सबै सदस्यलाई धन्यवाद दिए । आगमी दिनमा अन्य ट्रफी पनि जित्ने योजना सुनाए ।

एपिएफ प्रशिक्षक रत्नकाजी

आर्मी प्रशिक्षक नवीन

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.