default_image

7 years ago

January 15, 2018

आर्मीलाई खप्तड गोल्डकपको उपाधि, एपीएफ पेनाल्टीमा पराजित

50 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । आर्मीले फाइनल खेलमा एपिएफलाई पेनाल्टीमा ५-४ ले हराउन सफल भयो ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद


दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका थिएनन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफका लागि टोलीलाई अग्रता दिलाउने मौका गुमाएका पनि थिए ।

त्यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रि-किक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार फेरी अमृतले बचाएका थिए । पहिलो हाफको अन्त्यमा सन्तोष श्रेष्ठको प्रहार विकेश कुथुले राम्रो बचाऊ गरेपछि पहिलो हाफ गोलरहित नै टुङ्गिन पुग्यो ।

त्यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा नवयुग श्रेष्ठले दुई सुनौला अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यसैगरी खेलको ८१ औं मिनेटमा नवयुगको पोस्टनजिकैबाट अर्को प्रहार एपिएफका अमृतले बचाएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा नवयुगको अर्को प्रहार अमृतले उच्चस्तरिय बचाऊ गरेपछि नियमित समय पनि गोलरहितमै सकिएको हो ।

निर्धारित समय गोलरहित सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टीमा आर्मीले ५-४ ले बाजी मार्न पुग्यो । आर्मीले आफ्नो पाँचैं पेनाल्टीलाई परिणत गर्‍यो भने एपिएफका सुदिप शिख्राकार आफ्नो पेनाल्टीमा चुक्दा आर्मीले उपाधि जित्न पुग्यो ।

आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले पेनाल्टि परिणत गरेका थिए । एपिएफका पनि अन्जन विष्ट, नविन लामा,पासाङ लामा र रन्जन विष्टले आआफ्नो पेनाल्टी परिणत नै गरेका थिए ।

हिजो आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनल पक्का भएको थियो । त्यस्तै शुक्रबार साविक विजेता लक्ष्मी हुन्डार्ड मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ ले हराएर त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको थियो ।

यो आर्मीको यस सिजनको चौथो उपाधि हो । गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । त्यस्तै वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि आर्मीले नै हात पारेको थियो ।

यस जितसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेको छ तथा दोस्रो हुने एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

Army title second

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि आर्मीका भरत खवासले जिते । उनले यामाहको मोटरसाइकल पनि हात पारे । विभिन्न विधामा उत्कृष्ट खेलाडिहरु यस प्रकार रहेका छन्:

अन्जन विष्ट (एपिएफ) – उत्कृष्ट स्ट्राइकर
टोप विष्ट (एपिएफ) – उत्कृष्ट डिफेन्डर
विकेश कुथु (आर्मी) – उत्कृष्ट किपर
सन्तोष तामाङ (आर्मी) – उत्कृष्ट मिडफिल्डर
अमानत सिहं (सुदुरपश्चिम) – उदयमान खेलाडि
नवयुग श्रेष्ठ (आर्मी) – फाइनलका म्यान अफ द म्याच

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

October 4, 2024

महिला लिग – पहिलो चरणको अन्तिम खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेल आज हुँदैछ । गत साताको वर्षा र त्यसका कारण पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीका ६ युवाको मृत्यु भएपछि लिग स्थगित गरिएको थियो। पूर्व निर्धारित तालिका अनुसार असोज १२ गते लिगको पहिलो चरणको अन्तिम हुने थियो। पहिलो चरणको अन्तिम खेलमा दोस्रो चरणमा प्रवेश गरिसकेको विभागीय […]

Success

Thank you for your time.