default_image

7 years ago

January 15, 2018

अर्को वर्ष खप्तड गोल्ड कपको विजेतालाई २१ लाख

37 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपफुटबल प्रतियोगिताको पुरस्कार राशीमा अर्को वर्ष झन्डै दोब्बरले बृद्धि हुने भएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख रुपैयाँ दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले घोषणा गरेको छ ।

सोमबार दोस्रो संस्करणको फाइनलका दौरान सुदूरपश्चिमले पुरस्कार राशीमा बुद्धि गरिने जानकारी दिएको हो ।विजेतालाई मात्र होइन उपविजेता टोलीले पनि अर्को वर्ष १० लाख ५० हजार रुपैयाँ पाउने आयोजक क्लबले जनाएको छ । स्थानिय व्यक्तिहरुको हौसला र विश्वासका कारण पुरस्कार राशीमा बृद्धि गर्न सफल भएको आयोजक क्लबका अध्यक्ष सुदेश हमालले हाम्रो खेलकुद डट कमलाई बताएका छन् ।

यो वर्षको विजेताले भने ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । इटहरीमा माघ ५ गते देखि सुरु हुने मदन भण्डारी स्मृति गोल्ड कपको विजेताले १२ लाख रुपैयाँ पाउने घोषणा गरिएको छ ।

सुदूरपश्चिमको पहिचान बनेको खप्तड गोल्ड कपको पहिलो संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । खप्तड गोल्ड कपको सफलतासँग आयोजक हौसिएर पुरस्कार राशीमा व्यापक बृद्धि गरेका बताइएको छ ।

आयोजक क्लबको हिजो बसेको बैठकले पुरस्कार राशीमा बृद्धि गर्ने निर्णय गरेको थियो । छलफलमा विजेतालाई २६ लाख रुपैयाँ सम्म दिने चर्चा भएपनि २१ लाख रुपैयाँमा सहमति भएको क्लबका एक पदाधिकारी जानकारी दिए ।

September 29, 2024

लिभरपुलको पाँचौं जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

Success

Thank you for your time.